सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा


  •    न्युजभित्तो/१६ बैशाख २०७७, मंगलवार २१:४३ 
  • चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । ‘अस्पतालका कर्मचारीले नै सामान चोरी गरेको’ भन्दै सञ्चारमाध्यममा समाचार र भिडिओ सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो ।

    दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको बताउनुभयो । अनुसन्धानपश्चात् थप प्रक्रिया अघि बढाइने कार्कीको भनाइ छ ।

    भरतपुर महानगरपालिकाको अग्रसरतामा गएको चैत ७ गतेदेखि सो अस्पताल सञ्चालनमा आएको हो । भरतपुर कोरोना अस्थायी अस्पताल चैत २१ गते भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो ।

    अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभई प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ । कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको बताएको छ ।

    कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले सञ्चालन गर्ने सहमतिपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँमा रहेका स्टोरलाई व्यवस्थित गरिएको हो ।’ कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म अस्पतालमा रु एक करोड २६ लाख खर्च भएको विवरण पेश गरिएको थियो ।

    यस्तै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको घटनाको छानबिनका लागि गठित छानबिन टोलीका संयोजक चितवन उद्योग सङ्घका अध्यक्ष एवम् कार्यदलका संयोजक राजु पौडेलले आफू जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउनुभएको छ । भरतपुर कोरोना नियन्त्रण कार्यदलले आज एक विज्ञप्ति जारी गर्दै पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरिएको जनाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.