राजनीति
लुम्बिनी, १६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई आज भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री...
मोरङ, १६ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला...
दमौली (तनहुँ), १६ पुस । जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला...
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता...
कञ्चनपुर, १६ पुस । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो । निर्वाचन क्षेत्र नं...
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन...
गण्डकी, १५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२...
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ । बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री...
चितवन, १५ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थपिएका छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा भन्दा अहिले हुन लागेको निर्वाचनमा मतदाता थपिएसँगै जिल्लामा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन...
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले...















