सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह


  •    न्युजभित्तो/२८ माघ २०८२, मंगलवार ११:२६ 
  • नवलपुर (नवलपरासी), २७ माघ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ ।

    आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले अगामी फागुन २१ मा हुने निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गराउनका लागि आचारसंहिता पालना गर्न ध्यानार्कषण गरिएको बताउनुभयो । “हामीले कार्यक्रम गर्न रोक लगाएका छैनौँ”, उहाँले भन्नुभयो, “तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि पहिरन तथा स्टिकर, लोगो, झोला, ब्याचजस्ता साङ्केतिक सामग्री प्रदर्शन गर्न पाइँदैन ।”

    यसअघि विभिन्न जिल्लामा भएको सभापति लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा कार्यकर्ताहरू घण्टी बोकेर बजाउँदै ब्याच लगाएर हिँडेका श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा देखिएको थियो । निर्वाचन आचारसंहिताविरुद्धका गतिविधि उम्मेदवार वा अन्य कुनै पनि व्यक्तिले गर्न नहुने जनाउँदै सचेत बनाउन ध्यानाकर्षण गरिएको अनुगमन अधिकृत भण्डारीको भनाइ छ । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागू भई परिपालना सम्बन्धमा २०८२ साल माघ १४ गते सूचनासमेत जारी भएको उहाँले बताउनुभयो ।

    निर्वाचन आचारसंहिता २०८२ परिपालन सम्बन्धमा जारी गरिएको ध्यानाकर्षणपत्रका भनिएको छ, “उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुनेगरी निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.