सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब घरघरमा पाइपबाट ग्यास वितरण गर्नुपर्छ : ओली


  •    न्युजभित्तो/२७ माघ २०८२, सोमबार १५:४७ 
  • काठमाडौं,२६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्त्वले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् ।

    सोमबार ९माघ २६० झापाको गौरीगन्जमा मतदातासँग छलफलका क्रममा उनले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा आपरााधिक तत्त्व घुसेर विध्वंस मच्चाएको र उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरिएको बताएका हुन् । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कोहीमाथि पनि गोली चलाउन आदेश नदिएको उनले दोहोर्‍याए ।

    संसद् भवन, सिंहदरबार जलाउन खोजेर प्रहरीले गोली चलाउने वातावरण आपराधिक तत्त्वले नै बनाएको उनले जिकिर गरे । आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उनले उल्लेख गरे ।

    अध्यक्ष ओलीले मुलुकको विकासका निम्ति एमालेले सबैभन्दा धेरै काम गरेको दाबी गरे ।

    नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै उनले अब त्यसलाई सदुपयोग गरेर घरघरमा पाइपबाट वितरण गरिनुपर्ने बताए ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उमेदवार रहेका ओली पछिल्लो समय स्थानीयसँगको छलफलमा केन्द्रित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.