सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


  •    न्युजभित्तो/२६ माघ २०८२, आईतवार १६:०८ 
  • महेन्द्रनगर (धनुषा), २५ माघ । मधेसी आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष जीवछ साहले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० अनुसार आव २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । 

    प्रतिवेदनमा मधेसी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको छ । कार्यक्रममा प्रदेश प्रमुख कर्णले मधेसी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनमा समावेश गरिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रतिवेदनले मधेसी समुदायको समग्र विकास, अधिकार प्रवर्द्धन तथा राज्यका नीति र कार्यक्रमलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास लिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, मधेसी आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.