राजनीति

वैदिक नेपाल निर्माणमा लाग्नुभएका पूर्वमन्त्री बाँस्कोटा सम्मानित
-न्युजभित्तो

काठमाडौं, ११ साउन । विश्व शान्ति राष्ट्रम्ले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको...

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि...

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली
-न्युजभित्तो

गुल्मी, १० साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी...

१०बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुको छलफल
-न्युजभित्तो

काठमाडौं, १० साउन । १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग नेकपा एमालेका दुवै तर्फका सांसदहरुले छलफल गर्दैछन् । सिंहदरबारमा दिउँसो एक बजे छलफल हुने सांसद यज्ञराज सुनुवारले बताए । ‘पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग हामी छलफल गर्दैछौं । एकता...

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता...

कांग्रेसको वडा अधिवेशन स्थगित
-न्युजभित्तो

काठमाडौं ९ साउन । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको...

जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व : प्रदेश प्रमुख पौडेल
-न्युजभित्तो

पोखरा ९ साउन । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताउनुभएको छ । मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश...

काँग्रेस पदाधिकारी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,९ साउन । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ । पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस...

सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुनुहुन्न : सत्तारुढ दल
-न्युजभित्तो

काठमाडौँ, ८ साउन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा...

राष्ट्रपति र विपक्षी दलका नेता ओलीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको...