सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व : प्रदेश प्रमुख पौडेल


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार १४:१४ 
  • पोखरा ९ साउन । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताउनुभएको छ ।

    मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताउनुभएको हो ।

    गुरु परम्परा प्राचीन सनातन परम्परा रहेको जनाउँदै उहाँले गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने सदियौँदेखि चलिआएको परम्परा भएको बताउनुभयो । द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत रहेको स्मरण गराउँदै उहाँले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिमय बनाउन सके मात्र गुरुप्रतिकोे सच्चा सम्मान हुने धारणा राख्नुभयो ।

    दिनप्रतिदिन बढ्दो सामाजिक द्वन्द्वको निरुपण गर्दै मानव मानव बीचको सम्बन्धलाई प्रगाढ बनाएर समानता सहिष्णुता र सहअस्तित्वका साथ अगाडि बढ्न आध्यात्मिक जगत्को भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । सो अवसरमा उहाँले संस्थाका संस्थापक डा मुनिजी महाराजको पोखरामा हुन लागेको चतुर्मास प्रवेशका लागि शुभकामनासमेत दिनुभयो । कार्यक्रममा डा मणिभद्रमुनिजीले गुरु बन्नुभन्दा पहिला असल शिष्य हुन जरुरी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सबैलाई गुरु हुन मन पर्छ तर शिष्य भएर नियम पालना गर्न कठिन छ । शिष्य भएर गुरुले दिएको सन्देश पालना गर्न सकेमात्र जीवनमा सत्मार्ग भेटिन्छ ।” उहाँले मानवले आफ्नो क्षणिक स्वार्थका लागि हिंसाको बाटो अपनाउँदै गएको जनाउँदै आचरण बदलेर सुन्दर शान्त समाजमा रमाउन मानवजगत्लाई आग्रह गर्नुभयो ।

    जस्तो दृष्टि उस्तै सृष्टि हुने भएकाले सकारात्मक सोच राख्न उहाँको सुझाव दियो । कार्यक्रममा मानव मिलन अन्तर्राष्ट्रिय महिला अध्यक्ष कुसुम जैन र मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माले गुरु पूर्णिमाको महत्व र मुनिजीको चतुर्मास प्रवेशका बारेमा जानकारी दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.