चितवन, २४ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले आदिवासी जनजाति राज्यका गहना भएको बताउनुभएको छ । आधुनिक नेपाल निर्माणमा आदिवासी जनजाति समुदायको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उहाँले उनीहरूको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र रहनसहनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पुनः समाज पूर्वी चितवन क्षेत्रीय कार्यसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले आदिवासी जनजाति समुदायको योगदानलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउनुभएको हो । विभिन्न जातजाति र समुदायको मौलिक पहिचान नेपालको सांस्कृतिक सम्पत्ति भएको उल्लेख गर्दै उहाँले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
पुन समुदायको ऐतिहासिक जन्मथलोका रूपमा म्याग्दी र कास्की जिल्लालाई लिने गरिन्छ । बसाइँसराइका कारण चितवनलगायत विभिन्न जिल्लामा पनि यस समुदायको बसोबास विस्तार भएको छ । चितवनमा विशेषगरी पूर्वी चितवनका राप्ती र खैरहनी नगरपालिका क्षेत्रमा पुन समुदायको उल्लेख्य बसोबास रहेको छ । त्यस्तै, भरतपुर महानगरपालिकाको क्षेत्रपुर, वडा नम्बर १५ र २० तथा माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पनि पुन समुदायका मानिसहरू बसोबास गर्दै आएका छन् ।
ऐतिहासिक रूपमा पुन समुदायलाई मगर समुदायसँग जोडेर हेर्ने गरिएको भए पनि २०७८ सालको राष्ट्रिय जनगणनामा पुन जातिको छुट्टै पहिचान कायम रहेको समुदायका अगुवाहरूले बताएका छन् । पुन समुदायको आफ्नै मौलिक भेषभूषा, रहनसहन, परम्परा र सांस्कृतिक पहिचान रहेको छ । समुदायका सदस्यहरूले आफ्नो इतिहास र संस्कृति जोगाउँदै सामाजिक तथा संस्थागत गतिविधिलाई अघि बढाउँदै आएका छन् ।
पुन समाजका केन्द्रीय अध्यक्ष भीमबहादुर फगामी पुनका अनुसार पूर्वी चितवनका राप्ती र खैरहनी नगरपालिका क्षेत्रमा मात्रै पुन समुदायका करिब ४०० घरधुरीको बसोबास रहेको छ । पूर्वी चितवनमा पुन समुदायको संस्थागत विकासका लागि आफ्नै भवन निर्माण गरिएको छ । समुदायले स्वैच्छिक चन्दा संकलन गरी सात कट्ठा नौ धुर जग्गा खरिद गरेर भवन निर्माण सम्पन्न गरेको हो । भवनको पूर्वाधार विकासका लागि गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट भवनमा ट्रस निर्माणको काम अघि बढाइएको जनाइएको छ ।
यसैगरी, पश्चिम चितवनस्थित पुन समाजको कभर्डहल निर्माणका लागि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री तामाङको विशेष बजेट कार्यक्रमअन्तर्गत विनियोजित उक्त रकमबाट कभर्डहल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुन समाज पूर्वी चितवनका निवर्तमान अध्यक्ष होमकुमार पुनका अनुसार समुदायमा गर्बुजा, पुर्जा, तिलिजा, पाइजा, फगामी, बुदुवा र खोरजा लगायतका थरहरू प्रचलनमा छन् । समुदायको मौलिक पहिचान र सांस्कृतिक परम्पराको संरक्षण गर्दै सामाजिक एकता बलियो बनाउन समाजले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पुन समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै शिक्षा, सामाजिक विकास तथा सामुदायिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका थिए । समुदायको आफ्नै भवन र कभर्डहल निर्माणका लागि सरकारी सहयोग उपलब्ध हुनुले सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच आज नै मन्त्री तामाङले रत्ननगर नगरपालिका वार्ड नम्बर ५ मा रहेको झुवानी सामुदायिक पुस्तकालयको अवलोकन गरी जानकारी लिनु भएको थियो ।