सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ


  •    न्युजभित्तो/२४ आश्विन २०८३, शनिबार १६:३४ 
  • चितवन, २४ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले जनप्रतिनिधि जनताको शासक नभई सेवक भएको बताउनु भएको छ । जनताले दिएको जिम्मेवारीलाई सेवाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उहाँले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको हो ।

    भरतपुर महानगरपालिका वडा नंं ७ स्थित उज्ज्वल टोल विकास संस्थाको आयोजनामा बडादसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तामाङले चाडपर्व मनाउने नाममा समाजमा गलत प्रवृत्ति भित्र्याउन नहुने बताउनुभयो । नेपाली समाजको मौलिक पहिचान बोकेका परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्दै चाडपर्व मनाउनुपर्ने उहाँको भनाइ थियो । आधुनिकताको नाममा पुस्तौँदेखि चल्दै आएका मौलिक परम्परा र संस्कृतिलाई बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।

    चाडपर्वहरू केवल रमाइलो गर्ने अवसर मात्र नभई आपसी सद्भाव, भाइचारा, मेलमिलाप र सामाजिक एकता बलियो बनाउने माध्यमसमेत भएको मन्त्री तामाङले बताउनुभयो। चाडपर्व मनाउने क्रममा सामाजिक मर्यादा र पारिवारिक मूल्यमान्यतालाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले समाजमा विद्यमान विकृति, विसङ्गति र अमानवीय प्रवृत्तिको अन्त्य गरी सभ्य, सुसंस्कृत र जिम्मेवार समाज निर्माण गर्न सबैले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

    उज्ज्वल टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेलगायत जनप्रतिनिधि, छिमेकी टोल विकास संस्थाका अध्यक्षहरू तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।

    कार्यक्रममा सहभागीहरूले एकअर्कामा चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै आपसी सम्बन्ध, सामाजिक एकता र सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय कला, संस्कृति र परम्परा झल्कने प्रस्तुति राख्दै चाडपर्वको उल्लास साटासाट गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.