सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली


  •    न्युजभित्तो/१० श्रावण २०७८, आईतवार १४:३१ 
  • गुल्मी, १० साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ ।

    उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गर्नुभयो ।

    नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताउनुभयो । “केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि ! खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन”, ज्ञवालीले भन्नुभयो ।

    उहाँले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढने जिकिर गर्नुभयो । एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उहाँले खेलको नियममा रेफ्रिले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै नेता ज्ञवालीले बताउनुभयो ।

    गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष स्वर्गीय अशोककुमार थापाको निधनमा श्रद्धाञ्जलि एवं समवेदना दिन शनिबार गृह जिल्ला पुग्नुभएका ज्ञवालीले आजै एमाले पार्टी कार्यालयमा यहाँका नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजतीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.