सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदिक नेपाल निर्माणमा लाग्नुभएका पूर्वमन्त्री बाँस्कोटा सम्मानित


  •    न्युजभित्तो/११ श्रावण २०७८, सोमबार ०८:२९ 
  • काठमाडौं, ११ साउन । विश्व शान्ति राष्ट्रम्ले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित गर्नुभएको हो । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्षरूपमा आयोजना गरिएको थियो ।

    नेदरल्याण्ड्सबाट विश्वव्यापीरूपमा सम्मानित हुनेछ जना नेताका नाम उच्चारण भएसँगै ती देशमा उहाँहरुलाई सम्मान गरिएको हो । बाँस्कोटाले दुई दशकअघिदेखि नेपाल महर्षि वैदिक फाउन्डेसनका माध्यममार्फत योग, ध्यान र यज्ञका माध्यमबाट देश एवं विश्व शान्तिका लागि सहयोग गर्दै आउनुभएको थियो । हाल देशभर रहेका करिब १०० गुरुकूलमा योग, ध्यान एवं यज्ञका माध्यमबाट विश्व शान्तिका लागि योगदान भइरहेको छ ।

    कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वैदिक नेपाल निर्माणका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन नामक संस्थाका माध्यमबाट देशव्यापी अभियान सञ्चालन गरिएकामा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व शान्ति राष्ट्रम्का महाराजा राम ९डा टोनी नाडर० ले जीवनको पूर्ण वैदिक ज्ञान नै भएकाले वैदिक ज्ञान दिन विश्वभर अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    बाँस्कोटासँगै भारतका पूर्वमन्त्री रमेश पोख¥याल ‘निशाङ्क’, इण्डोनेशियाको बालीका पूर्वनगरप्रमुख मादे पङ्कु पस्तिकालगायत विश्वका छ नेतालाई आआफ्ना देशमा वैदिक ज्ञानको प्रचारप्रसार गरेकामा सम्मान गरिएको थियो । ‘अग्र्यानिक’ चिया उत्पादन, नेपालमा सहकारी आन्दोलन विस्तारसँगै नेपाली कांग्रेसको राजनीतिमा जीवन बिताउनुभएका बाँस्कोटाले पछिल्लो समय वैदिक नेपाल निर्माण अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।

    कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल तामाङलगायतले वैदिक नेपाल निर्माण अभियानमा स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो । चम्पादेवी मन्दिरमुनिको बोसन सामुदायिक वनको काखमा २७।५ रोपनी जग्गामा ब्रह्मानन्द सरस्वती ग्राम निर्माण गरिएको छ ।

    योग, ध्यान र यज्ञका माध्यमबाट व्यक्तिलाई शान्त बनाउँदै मुलुकको शान्तिका लागि योगदान गर्न सकिने जनाइएको छ । ऋग्वेदको १० औँ मण्डलबाट लिइएको भावातीत ध्यान यहाँबाट सिकाइन्छ । ग्राममा ध्यान शिक्षकको तालिमसमेत सञ्चालन गरिने जनाइएको छ । गुरुपूर्णिमाका अवसरमा शनिबारदेखि नेपाल र भारतका गरी २६ ध्यान शिक्षक तालिममा सहभागी भएको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.