राजनीति
काठमाडौं,८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा...
काठमाडौ, ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी...
काठमाडौं,७ साउन । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्,...
काठमाडौं,७ साउन । राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको...
चितवन,७ साउन । नेकपा एमालेका केन्द्रिय सदस्य सांसद कृष्णप्रसाद खनाल नेकपा एमाले भजनमण्डली नभएको प्रष्ट पार्नु भएको छ । पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समिति चितवनले आयोजना गरेको ४३ औं स्मृती सभालाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्षले एमालेलाई भजन मण्डली...
दमक, ७ साउन । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन...
वाग्मती, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच अनावरण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको कार्यक्रममा...
चितवन, ७ साउन। नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा भरतपुर महानगर समितिको सभापति पदमा वचन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज ( बिहिवार ) भरतपुरको सिजि ल्यान्डमार्कमा...
मकवानपुर, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...
लण्डन, ७ साउन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ...











