राजनीति
काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । बद्री केसी पक्षले गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताएका हुन् । ‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई...
पाटन (ललितपुर), ९ कातिक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा आज ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा...
काठमाडौँ, ९ कात्तिक । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि...
काठमाडौँ, ९ कात्तिक । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँहरुले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको...
काठमाडौं, ९ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले फेरि निर्वाचनमा नउठेको भए राम्रो हुने बताएका छन्। एक टेलिभिजन अन्तरवार्तामा कुरा गर्दै अध्यक्ष नेपालले महाथिरले आफूसँग सल्लाह गरेको भए चुनावमा नउठ्न सुझाव...
काठमाडौं, ८ कात्तिक । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको बताएका छन् । खबरदारी सभाबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको...
काठमाडौं, ८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन् । बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् । वाई चोकमा प्रदर्शन गरिरहेका...
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित...
चितवन, ८ कात्तिक । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले सरुवा गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । सरकार र प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै उनीहरुलाई सरुवा...
काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका...












