सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियाका पूर्व प्रधानमन्त्रीले सल्लाह लिएको भए चुनाव नलड्न सुझाव दिन्थेँः माधव नेपाल


  •    न्युजभित्तो/९ कार्तिक २०८१, शुक्रबार १५:०८ 
  • काठमाडौं, ९ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले फेरि निर्वाचनमा नउठेको भए राम्रो हुने बताएका छन्। एक टेलिभिजन अन्तरवार्तामा कुरा गर्दै अध्यक्ष नेपालले महाथिरले आफूसँग सल्लाह गरेको भए चुनावमा नउठ्न सुझाव दिने उनको भनाइ छ।

    आधुनिक मलेसियाका निर्माता महाथिरको सन् २०२२ को चुनावमा जमानत जफत भएको थियो। २२ वर्ष मलेसियाको सत्ताको नेतृत्व गरेका महाथिरले मलेशियालाई समृद्ध बनाए। उनी सन् १९८१ देखि २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्री रहेका थिए। उनले सन् २००३ मा राजनीतिबाट आकस्मिक रूपमा सन्यासको घोषणा गरेका थिए। तर देशमा वानएमडीबी भ्रष्टाचार काण्ड घटेपछि उनी पुनः राजनीतिमा फर्किएका थिए। सन् २०१८ मा उनी ९३ वर्षको उमेरमा पुनः देशको प्रधानमन्त्री बनेका थिए।

    झण्डै एक घण्टाको अन्तरवार्तामा अध्यक्ष नेपालले अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहे। उनले मलाइ प्रधानमन्त्री बनाइदेउ भनेर कसैलाई नभनेको जिकिर गरे। नेता नेपाललाई राजतन्त्रको समयमा आफूलाई प्रधानमन्त्री बनाइपाउँ भन्दै पत्र लेखेको आरोप लागिरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ
    • सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
    • धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
    • तीन दिनपछि खुल्यो बिपी राजमार्ग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.