सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सीडीओ र एसपी सरुवामा रास्वपाको विरोध


  •    न्युजभित्तो/८ कार्तिक २०८१, बिहीबार १४:२६ 
  • चितवन, ८ कात्तिक । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले सरुवा गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । सरकार र प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै उनीहरुलाई सरुवा गरिएपछि रास्वपा असन्तुष्ट बनेको हो । सोमबार रास्वपाले चौबिसकोठीबाट विरोध र्‍याली निकालेको थियो । र्यालीका क्रममा प्रदर्शनकारीले एउटा सांकेतिक शव बनाएर नारायणी नदीमा बगाएका थिए । उक्त सांकेतिक शव प्रधानमन्त्रीकै बनाइएको भनेर समाचारहरु आएकोमा पनि रास्वपाले खण्डन गरेको छ ।

    रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको आवी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा चितवन दुख प्रकट गर्दछ ।’

    उक्त प्रदर्शन कुनै व्यक्तिप्रति लक्ष्यित नभएको रास्वपाले बताएको छ । तर, यसै विषयलाई लिएर सरकारले चितवनका प्रजिअ र प्रहरी प्रमुखलाई समायवधि अगावै सरुवा गरेर आफ्नो गल्ति ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । रास्वपाको उक्त प्रदर्शनमा इन्सपेक्टरको कमान्डमा सुरक्षार्थ प्रहरी टोली खटिएको थियो ।

    बागमती प्रदेश प्रहरीका एक अधिकारी भन्छन्, ‘सरकारको पुत्ला दहन भनिएको थियो । कार्यक्रम सामान्य नै थियो । तर पछि एकाएक अस्वभाविक दृष्य देखियो ।’ प्रदर्शनकारीले शवजस्तै पुत्ला बनाएर मलामी शैलीमा नारायणी नदितर्फ लागेका थिए । करिब ३ किलोमिटर दुरीमा रहेको नारायणी नदी पुलमा पुगेपछि शव बगाइएको थियो । चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले भने प्रदर्शनकारीले जलाउन नपाएको बताए ।

    ‘प्रदर्शनकारीले फ्याँकेर हिँडेका थिए’, डीएसपी रिजालले भने । सुरक्षाको कमान्ड कन्ट्रोल गर्न नसकेको र कमजोरी गरेको भन्दै प्रहरी र निजामतिका दुवै जिल्ला नेतृत्वलाई त्यसपछि तानिएको हो । यो घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । अहिले चितवन प्रहरी प्रमुखको जिम्मा एसपी गौतम मिश्रले पाएका छन् । बुधबार रिमाल तानिएकामा मिश्र बिहीबार बिहान चितवन पुगेका छन् । चितवन हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापती रवि लामिछाने निर्वाचित भएको निर्वाचित क्षेत्र रहेको जिल्ला हो । प्रमुख जिल्ला अधिकारी यादव चितवन सरुवा भएर आएको चार महिनामात्रै भएको थियो भने, प्रहरी प्रमुख रिमाल पनि चितवन आएको ७ महिना पुरा नहुँदै सरकारले सरुवा भएका हुन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.