राजनीति

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह
-न्युजभित्तो

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री शाहले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद प्रमेश...

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
-न्युजभित्तो

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उहाँले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले...

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
-न्युजभित्तो

काठमाडौँ, १५ जेठ । सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताउनुभएको छ ।  उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले...

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।  “किसानको...

अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
-न्युजभित्तो

हेटौँडा, १५ जेठ । जनआन्दोलन, राजनीतिक सङ्घर्ष र हजारौँ नेपालीको बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई गणतन्त्र घोषणा गरेसँगै राज्य...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
-न्युजभित्तो

विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश...

गणतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने
-न्युजभित्तो

बागमती, १५ जेठ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ ।  गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा...

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै
-न्युजभित्तो

काठमाडौँ, १५ जेठ । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने...

गणतन्त्र सङ्घर्षको उपजः मुख्यमन्त्री आचार्य
-न्युजभित्तो

लुम्बिनी, १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो...

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उहाँले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र...