सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की


  •    न्युजभित्तो/१५ जेष्ठ २०८३, शुक्रबार १३:३१ 
  • विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताउनुभएको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरु पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पत्र हुने जोखिम बढ्दो रहेको बताउनुभएको छ ।

    मुख्य मन्त्री कार्कीले शुभकामना सन्देशमा कोशी प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण, सुरक्षित पर्वतीय पर्यटन र दिगो विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने दृढ सङ्कल्पित रहेको उल्लेख गर्नुभएको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा सगरमाथ दिवस मनाइने गरिएको छ । सगरमाथा नेपालको कोशी प्रदेशमा पर्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.