सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्र सङ्घर्षको उपजः मुख्यमन्त्री आचार्य


  •    न्युजभित्तो/१५ जेष्ठ २०८३, शुक्रबार १२:०३ 
  • लुम्बिनी, १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।

    उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको चर्चा गर्नुभयो ।

    मुख्यमन्त्री आचार्यले गणतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो ।

    उहाँले लुम्बिनी प्रदेश सरकारले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिनुहुदै युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.