अन्तर्राष्ट्रिय
सउल,३० चैत । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न...
दिल्ली,२९ चैत । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ । सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको...
एजेन्सी,२७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ । मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७...
दिल्ली ,२३ चैत । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । सरकारले रातको समयमा कर्फ्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था...
काठमाडौं, २२ चैत । आइपिएलको १४ औं सिजन सुरु हुन ५ दिनमात्र बाँकी रहँदा खेलाडीसहित २० जना संक्रमित पाइएका छन् ।पछिल्लो पटक भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर देवदत्त पडिक्कल संक्रमित पाइएका छन्। उनि...
काठमाडौँ, २१ चैत । युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुनुहुन्छ । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त हुनुभएको हो । यसअघि उहाँ नाइजेरियाका लागि राजदूत हुनुहुन्थ्यो । त्योभन्दाअघि उहाँले भुटानमा डेपुटी चिफ अफ...
ढाका २१ चैत । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए । कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ । साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र...
दिल्ली , २१ चैत । अस्ट्राजेनेका खोप आपूर्तिमा रोक लगाएको भन्ने अन्तर्राष्ट्रिय समुदायको अभिव्यक्तिलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले आपूर्तिमा रोक नलगाइएको बरु, घरेलु मागलाई प्राथमिकतामा राखिएको जनाएको हो । साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम...
ढाका १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक र म्यासेन्जरलाई प्रतिबन्ध लगाइएको छ । चारजनाको ज्यान जाने गरि शुक्रबार हिंसा मच्चिएपनि सरकारले सामाजिक संजाललाई रोकेको हो । फेसबुकका प्रवक्ताले सम्भावित हिंसाहुन नदिन बंगलादेशमा सेवामा रोक लगाइएको...
प्योङयाङ , १२ चैत । उत्तर कोरियाले विहिबार दुई क्षेप्यास्त्र जापानी समुन्द्रमा प्रहार गरेको जापान र अमेरिकाले जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र प्रहार गरेको हो । राष्ट्रसंघीय सुरक्षा परिषदले हतियारबाट चुनौति हुने आशंका...














