सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार, अन्तर्राष्ट्रिय शान्तिमा खतरा : अमेरिका


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १२:२४ 
  • प्योङयाङ , १२ चैत । उत्तर कोरियाले विहिबार दुई क्षेप्यास्त्र जापानी समुन्द्रमा प्रहार गरेको जापान र अमेरिकाले जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

    राष्ट्रसंघीय सुरक्षा परिषदले हतियारबाट चुनौति हुने आशंका गर्दै प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परिक्षणमा रोक लगाएको छ ।

    जापान र दक्षिण कोरिया दुबैले मिसाइल प्रहारको निन्दा गरेका छन् । तर, जापानले आफ्नो सामुन्द्रिक इलाकामा मिसाइलका कारण कुनैपनि चट्टान नखसेको जनाएको छ ।

    एसिया(प्रशान्त क्षेत्रमा सैनिक मामिला हेर्ने अमेरिकाको युएस(प्यासिफिक कमान्डले उत्तर कोरियाको आणविक गतिविधिले छिमेकी र अन्तर्राष्ट्रिय समुदायलाई खतरा उत्पन्न गरेको जनाएको छ ।

    राष्ट्रपति बाइडेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बीबीसीकी दक्षिण कोरिया संवाददाता लाउरा बाइकरले उत्तरको मिसाइल परिक्षण अमेरिका र उसका साझेदारका लागि चुनौति भएको बताइन् ।

    सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उन र तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा भएको वार्तामा आणविक हतियार र लामो दूरीको क्षेप्यास्त्र परिक्षण नगर्ने सहमति भएको थियो । तर, आफ्ना साझेदारको रक्षा गर्न अमेरिका प्रतिवद्ध रहने कुरा जो बाइडेनले बताइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.