सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार ११:४२ 
  • दिल्ली , २१ चैत । अस्ट्राजेनेका खोप आपूर्तिमा रोक लगाएको भन्ने अन्तर्राष्ट्रिय समुदायको अभिव्यक्तिलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले आपूर्तिमा रोक नलगाइएको बरु, घरेलु मागलाई प्राथमिकतामा राखिएको जनाएको हो ।

    साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भारतले खोप आपूर्तिमा रोक नलगाएको दाबी गरे । उनले भारतको घरेलु माग पुरा भएपछि मात्र खोपलाई विदेशमा निर्यात गरिने बताए ।

    भारतले खोप आपूर्ति नगरेपछि कोभिड-१९ विरुद्धको नेपालको खोप अभियान स्थगित भएको छ । भारतको सिरम इन्स्टिच्युटले २० लाख खोप आपूर्तिको सम्झौताअनुसार अझै १० लाख डोज खोप आपूर्ति गर्न बाँकी छ र यसका लागि उसले भुक्तानी पनि लिइसकेको छ ।

    भारतले चाँडै खोप आपूर्ति सुचारु गर्ने भन्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको पत्राचार गरेको थियो । भारतीय विदेश मन्त्रालयले विदेशमा खोप आपूर्तिमा अस्थायी रोक लगाएको विवरणहरु बीबीसी लगायतका मिडियाले प्रकाशन गरेका थिए ।

    भारतले गत जनवरी २७ मा सहुलियतमा खोप उपलब्ध गराएपछि नेपालले खोप अभियान चलाएको थियो । बैशाख ७ गतेदेखि पहिलोे डोज लगाएकालाई दोस्रो डोज दिने ५ लाख मात्रा सरकारसँग सुरक्षित छ । अप्रिल २ मा सिरमले नेपाललाई सम्झौताअनुसारको १० लाख डोज उपलब्ध गराएको थियो ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म खोप आइपुग्ने कुराबारे केही बताएको छैन । गतसाता नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिलाई सुचारु गर्न आफू भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहेको बताएका थिए ।

    भारतले खोप आपूर्ति नगर्दा तीन महिनाभित्र योग्य जनसंख्यालाई खोप लगाउने सरकारी योजना पुरा नहुने देखिएको छ । तर, स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले चाहिँ अप्रिल अन्त्यसम्म खोप आपूर्ति हुने विश्वास व्यक्त गरे ।

    भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको कारण त्यहाँ खोपको घरेलु माग उच्च रहेको जनाइएको छ । भारतमा सेकेन्ड वेभ सुरु भएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरु बताउँछन् । बितेको २४ घण्टामा भारतमा थप ९० हजार कोरोना संक्रमित थपिएका छन् । यो एउटै दिनमा भेटिएको संक्रमित संख्या हो ।

    भारतमा ७ करोड ३० लाखलाई खोप लगाइएको छ भने नेपालमा झन्डै १७ लाखलाई खोप लगाइएको छ । खुला सीमाका कारण भारतबाट नेपाल आउनेमा पनि संक्रमण पुष्टि भएको छ । सरकारले नाकामा एन्टीजेन परिक्षण गर्दा संक्रमण फैलिएको देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.