समाज

अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै
-न्युजभित्तो

काठमाडौं, १४ असोज। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए । आपराधिक विश्वासघात...

गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता: मुख्यमन्त्री पाण्डे
-न्युजभित्तो

गोरखा, १४ असोज ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन्। अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। मुख्यमन्त्री पाण्डेले...

एक घरधुरीलाई चार बोरा चामल बिक्री गर्दा दुई बोरा कुहिएको
-न्युजभित्तो

हुम्ला,  १२ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो...

पशुपतिको जलहरी प्रकरणको अनुसन्धान गरेका सहसचिव कार्कीको निधन
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । राष्ट्रपतिको कार्यालयका कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको आज (शुक्रबार) विहान निधन भएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो । उनका अनुसार अस्पताल ल्याउँदा...

गोरखामा महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम
-न्युजभित्तो

गोरखा, १२ असोज । गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वान० का संयोजक...

भरतपुरमा असल करदातालाई स्टिकर
-न्युजभित्तो

चितवन, १२ असोज। भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा...

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

नवलपरासी बर्दघाट (सुस्तापश्चिम), १२ असोज। पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको...

मेडिकल सञ्चालक पक्राउ
-न्युजभित्तो

दमौली, १२ असोज। आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु...

उपकरण बिग्रिएर बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजबाट पुनः सुरु गर्‍यो उत्पादन
-न्युजभित्तो

मकवानपुर,  ११ असोज । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान...

इन्द्रजात्राका कारण आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध
-न्युजभित्तो

काठमाडौँ, ११ असोज। येँयाः (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ...