सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपतिको जलहरी प्रकरणको अनुसन्धान गरेका सहसचिव कार्कीको निधन


  •    न्युजभित्तो/१२ आश्विन २०८०, शुक्रबार १५:४६ 
  • काठमाडौँ, १२ असोज । राष्ट्रपतिको कार्यालयका कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको आज (शुक्रबार) विहान निधन भएको छ ।

    नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो । उनका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन ।अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिए । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए ।

    केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ हाजिर भएका थिए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

    उनकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो । ५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.