सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता: मुख्यमन्त्री पाण्डे


  •    न्युजभित्तो/१४ आश्विन २०८०, आईतवार १२:१४ 
  • गोरखा, १४ असोज ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन्।

    अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

    मुख्यमन्त्री पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै राज्यले आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “डाक्टरहरूलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ”, उनले भने, “तर काम सबै रोकेर बस्नु भएन।”

    अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने मुख्यमन्त्री पाण्डेको भनाइ छ। अस्पतालमा भएका घटनामा संलग्न जुनसुकै पार्टीको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

    “कुटपिट र तोडफोड गर्नेहरू जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति सद्भाव केही पनि रहँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ।”

    अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पाण्डेलाई गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले अस्पतालको आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.