सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु


  •    न्युजभित्तो/१२ आश्विन २०८०, शुक्रबार १२:१० 
  • नवलपरासी बर्दघाट (सुस्तापश्चिम), १२ असोज। पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

    आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

    करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.