समाज

ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह
-न्युजभित्तो

वीरगञ्ज, २८ जेठ । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो । कार्यालयले चोक–चोकमा र विद्यालय–विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम...

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी
-न्युजभित्तो

काठमाडौं, २८ जेठ । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको...

कोशी प्रदेशमा अत्यधिक गर्मी, विराटनगर र इटहरीका विद्यालय बन्द
-न्युजभित्तो

विराटनगर, २८ जेठ । अत्यधिक गर्मीका कारण विराटनगर र इटहरीका विद्यालयहरू बन्द भएका छन् । तीन दिन यता अत्यधिक कोशी प्रदेशमा अत्यधिक गर्मी बढेको छ । ३७ डिग्री सम्म तापक्रम पुगेपछि विराटनगर महानगरले आजबाट विराटनगरका विद्यालय तीन दिनका लागि बन्द...

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ
-न्युजभित्तो

दमौली (तनहुँ), २८ जेठ । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले...

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २८ जेठ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका...

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
-न्युजभित्तो

दमौली (तनहुँ), २८ जेठ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका...

गर्मी बढेपछि खैरहनी नगरपालिकाले पनि दियो बिदा
-न्युजभित्तो

चितवन, २७ जेठ । अत्याधिक गर्मी बढेपछि खैरहनी नगरपालिकाले विद्यालयहरुम सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले भोलि (बुधबार) एक दिनका लागि नगर भित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस...

गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
-न्युजभित्तो

चितवन, २७ जेठ । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो...

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका...

कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचना रिमाललाई स्वास्थ्यमा समस्या
-न्युजभित्तो

काठमाडौं, २७ जेठ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना...