सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह


  •    न्युजभित्तो/२९ जेष्ठ २०८२, बुधबार १२:०७ 
  • वीरगञ्ज, २८ जेठ । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो ।

    कार्यालयले चोक–चोकमा र विद्यालय–विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको छ । ट्राफिक सप्ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एकदिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताउनुभयो । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन”, उहाँले भन्नुभयो, “ट्राफिक नियमको पालना सामूहिक रुपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।”

    नगरप्रमुख सिंहले एक अर्को निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रुपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताउनुभयो ।

    निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताउनुभयो ।

    “सवारी दुर्घटनामा परेर अकालमै मृत्यु हुनेको तथ्याङ्क बढेको छ । त्यसैले सरोकारवाला निकायले समन्वय गरेर सवारी दुर्घटना न्यूनिकरण गर्नेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । पर्सामा चालु आर्थिक वर्षको जेठ २७ गतेसम्ममा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।

    पर्साका प्रहरी प्रमुख गौतम मिश्रले ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा पूर्वाधार नहुँदा काम गर्न अप्ठेरो परेको गुनासो गर्नुभयो । “सडकमा अत्यावश्यक संरचनाको अभाव छ । जसका कारण ट्राफिक प्रहरी एक्लैले सबै समस्या समाधान गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “वीरगञ्ज महानगरलगायतका स्थानीय सरकारले सडकमा आवश्यक बत्ती र अन्य सडक फर्निचरको प्रबन्ध मिलाइदिने हो भने ट्राफिक व्यवस्थापनमा धेरै सहज हुने थियो ।”

    जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज भट्टले सप्ताहव्यापी अभियानअन्तर्गत पर्साका चोक–चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको जानकारी दिनुभयो ।यातायात व्यवसायीको तर्फबाट जगतसाह कानुले यस्ता रचनात्मक कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सघाउ पु¥याउने बताउनुभयो । ट्राफिक जनचेतना कार्यक्रममा विद्यार्थीहरुको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.