सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशी प्रदेशमा अत्यधिक गर्मी, विराटनगर र इटहरीका विद्यालय बन्द


  •    न्युजभित्तो/२९ जेष्ठ २०८२, बुधबार ११:२० 
  • विराटनगर, २८ जेठ । अत्यधिक गर्मीका कारण विराटनगर र इटहरीका विद्यालयहरू बन्द भएका छन् ।

    तीन दिन यता अत्यधिक कोशी प्रदेशमा अत्यधिक गर्मी बढेको छ । ३७ डिग्री सम्म तापक्रम पुगेपछि विराटनगर महानगरले आजबाट विराटनगरका विद्यालय तीन दिनका लागि बन्द गरेको छ ।

    विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    गर्मी बढेपछि इटहरीका विद्यालयहरू पनि आज बन्द गरिएका छन् । यदि वर्षा भएर पठनपाठनका लागि अनुकूल अवस्था सिर्जना भए विद्यालय भोलीबाटै खुल्नेछन् ।

    गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने सम्भावना देखिएपछि बिदा दिइएको हो ।

    केही दिन यता कोशी प्रदेशका तराइका जिल्लाहरूमा चर्को घाम लाग्ने गरेको छ । हावा नचल्दा यहाँको जन जीवन प्रभावित भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.