सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल


  •    न्युजभित्तो/२८ जेष्ठ २०८२, मंगलवार १६:२७ 
  • काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक डा पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा मूल्य समायोजनका लागि सुझाव दिइएको बताउनुभयो ।

    प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रुपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकाले समायोजनका लागि समिति गठन गरिएको बताउनुभयो ।

    स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास मन्त्री पौडेलले व्यक्त गर्नुभयो । उहाँले उचित मूल्यमा औषधि प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न आफू क्रियाशील रहेको बताउँदै प्राप्त सुझाव कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माले प्रतिवेदन कार्यान्वयनमास्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै निकायको सक्रिय सहयोग अपरिहार्य भएकामा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.