समाज

दोस्रो उदयपुर महोत्सव सुरु
-न्युजभित्तो

उदयपुर (गाईघाट), २३ माघ । ‘कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ । जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई...

बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेकोे उचित उपचारका लागि सरकारसँग आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभयो । उहाँले पीडादायी...

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रजाति र सङ्ख्या...

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
-न्युजभित्तो

किमाथाङ्का (सङ्खुवासभा), २२ माघ । सङ्खुवासभाको मकालु गाउँपालिक-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

प्रेस चौतारी नेपालद्वारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ ।     चौतारीका महासचिव हिरामान लामाले जारी गर्नुभएको शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण,...

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
-न्युजभित्तो

जानकी (बाँके), २२ माघ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिनुभएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित...

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
-न्युजभित्तो

भोजपुर, २२ माघ । यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ ।  पुस्तौँदेखि निरन्तर चल्दै...

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
-न्युजभित्तो

पर्वत, २२ माघ । जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई...

सुदूरपश्चिम: सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित
-न्युजभित्तो

कञ्चनपुर, २२ माघ । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी...

भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै
-न्युजभित्तो

टक्सार (भोजपुर), २२ माघ । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना...