सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै


  •    न्युजभित्तो/२३ माघ २०८२, बिहीबार १४:५५ 
  • टक्सार (भोजपुर), २२ माघ । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिनुभयो । 

    जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइने छ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ । 

    विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । खोप अभियान अन्तर्गत जिल्लामा २३१ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । प्रत्येक खोपकेन्द्रमा एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक परिचालन हुने छन् । 

    नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर समस्यामध्ये एक हो । पाठेघरको क्यान्सर न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.