सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी नेपालद्वारा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड


  •    न्युजभित्तो/२३ माघ २०८२, बिहीबार १५:२८ 
  • काठमाडौँ, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ ।    

    चौतारीका महासचिव हिरामान लामाले जारी गर्नुभएको शुभकामना सन्देशमा श्रमजीवि पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिइएको छ ।

    “नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी, सूचना प्रवाहभन्दा व्यापार र सूचना–प्रविधिको उपयोगभन्दा दुरुपयोग बढ्दो मात्रामा देखिनु चिन्ताजनक यथार्थ बनेको छ,” सन्देशमा भनिएको छ, “यस सन्दर्भमा सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल संरचना सुदृढीकरण, दक्ष जनशक्ति विकास र आधुनिक सञ्चार संयन्त्र विस्तार हाम्रो प्राथमिकता हो ।”

    चौतारीले डाटा सुरक्षा, डिजिटल अर्थतन्त्रको न्यायोचित विकास र राष्ट्रिय स्वाधीनताको रक्षामा नीतिगत सतर्कता अपरिहार्य भएको र सञ्चार तथा सूचना–प्रविधिको  जिम्मेवारीपूर्ण प्रयोगले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गरेको छ ।

    मुलुकमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता संरक्षण र उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पु¥याउनुहुने संस्थापक अध्यक्ष स्व विजय चालिसे र स्व अग्नि शिखालगायत सबैप्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।

    विसं २०५५ मङ्सिरमा आयोजित भेलाद्वारा गठित तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मोल तोलामा आठ हजारले वृद्धि
    अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
    • विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    • कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
    • सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
    • बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.