समाज
जनकपुर, १४ चैत । मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । हिन्दूहरुको महान् पर्व होलीको अवसरमा...
काठमाडौं, १४ चैत । शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई...
काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्तारै ‘सेफ जोन’मा पुगेको विश्लेषण गर्न थालिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षको रणनीति पर्खेर बसेको जनता समाजवादी पार्टीको बहुमत पक्ष ओली नेतृत्वको सरकारमा सामेल हुन तयार भएको छ...
काठमाडौँ, १४ चैत । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा...
दाङ,१४ चैत । दाङको घोराहीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए । घटनास्थल पुग्न तीनरचार...
काठमाडौं, १४ चैत । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ । शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागले...
जनकपुरधाम,१४ चैत । महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा...
काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको नर्भिक...
कास्की, १४ चैत । जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन् । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला...
काठमाडौं १४ चैत। शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...











