सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार ११:५० 
  • जनकपुरधाम,१४ चैत । महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनी तीनैजना झा दम्पतीको नातेदार नै भएको प्रहरीले जनाएको छ । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनी तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

    फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

    पक्राउ परेका ठाकुरले झा दम्पतीको जग्गा नजिकै प्लटिङ गरेको थियो । तर प्लटिङ गरिएको जग्गाबाट सडकमा आउने बाटो थिएन । त्यसैले ठाकुरलगायतका व्यक्ति पटक(पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएको र बिक्री नगरेकै कारण अपहरण गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    झा दम्पतीको कंकाल फेला परे पनि घटनामा संलग्न को को छन् भन्नेबारे अझै खुल्न बाँकी छ । घटनाको नेपाल प्रहरी र सिआइबी टोलीले अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.