सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिकार खेल्न क्रममा एक जनाको गोली लागेर मृत्यु


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार १२:०२ 
  • दाङ,१४ चैत । दाङको घोराहीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

    घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

    घटनास्थल पुग्न तीनरचार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रोसंग हुन नसक्ने हुँदा घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी चन्दले बताए ।

    प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    प्रहरीका अनुसार गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.