सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई ४०० भन्दा बढी कायमै


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार ११:५७ 
  • काठमाडौं, १४ चैत । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ ।

    शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागले अपरान्हदेखि हल्का हावा चल्ने भएकाले मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ ।

    नेपालप्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् राजु प्रधानांगले अनुसार शनिबार बिहानसम्म काठमाडौंको दृश्यात्मकता (भिजिबिलिटी) किलोमिटर मात्र रहेको बताए । ‘हावा चल्न थाल्यो भने सुध्रन सक्छ । तत्काल पानी पर्न सक्ने सम्भावना छैन । सोमबारदेखि मौसममा सुधार हुने आशा गर्न सकिन्छ’ उनले भने ।

    आइतबार काठमाडौंको हावामा धुवाँसहित धुलो मिसिएको थियो । यो समस्या शनिबार बिहान केही कम भएपनि घातक चाहिँ रहेको विभागले जनाएको छ ।

    शनिबार बिहान पनि एयर क्वालिटी इन्डेक्स एक्युआई रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।

    बरिष्ठ मौसमविद् भुषण तुलाधरले एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुने र यो अवस्थामा विपद घोषणा गरिनुपर्ने बताए । छातीरोग विशेषज्ञ डा. नीरज बमले अत्याधिक प्रदुषणमा क्यान्सरजन्य रसायन समेत मिसिएको हुँदा ती कण श्वास नलीमा जम्मा हुँदा दम, ब्रोङकाइटिसजस्ता रोग लाग्ने र मुटुरोग बढ्ने र क्यान्सरको खतरा हुने बताउँछन् । बरिष्ठ मौसमविद् वरुण पौडेल लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिम क्षेत्रमा भएको डढेलोको धुवाँ यहाँको प्रदुषणमा मिसिँदा तुवाँलो बनेको बताउँछन् । पानी परेन वा ठूलो हावा नचले प्रदूषण हट्न गाह्रो हुने उनको भनाई छ ।

    स्वास्थ्य मन्त्रालयले मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न धूलो उड्ने खाले निर्माण कार्य केही दिनका लागि रोक्न र अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरेको छ ।(नेपाल प्रेस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.