सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण,गाउँपालिका अध्यक्षद्वारा उद्घाटन


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार ०९:५६ 
  • कास्की, १४ चैत । जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन् । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गर्नुभयो ।

    इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन् । पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ । पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

    झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट निर्माण गरिएको हो । इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदानसहित कूल रु ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदानसहित रु ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताउनुभयो। जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.