समाज

मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा
-न्युजभित्तो

चरीकोट, ३० चैत । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । यही फागुन ६ गते आफ्नो जन्म...

कालीकोटका ६० वटा वनमा आगलागी
-न्युजभित्तो

मान्म, ३० चैत । कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन...

अपडेटः चितवनमा ढलान गरेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
-न्युजभित्तो

चितवन, ३० चैत । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती...

खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि
-न्युजभित्तो

काठमाडौं, ३० चैत  ।  पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् । दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये...

परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता
-न्युजभित्तो

डोटी, ३० चैत । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३,...

गैँडाको सङ्ख्या बढेको खुसियाली सौराहामा दीपप्रज्वलन
-न्युजभित्तो

चितवन, ३० चैत । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ ।आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको...

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा
-न्युजभित्तो

मुग्लिन, ३० चैत । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने...

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं ३० चैत। नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा...

विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
-न्युजभित्तो

काठमाडौं ३० चैत । नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवाला भने विपक्षमा उभिएका छन् । शिक्षा मन्त्रालयले आज विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले...

नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड–१९...