सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १०:५५ 
  • काठमाडौं ३० चैत। नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

    काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुन: समय थप्न लागेको छ ।

    क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । सात जिल्लाको सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।

    पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस्यता इन्ट्रीको काम ९० प्रतिशत सकेका जिल्लाको संख्या ३७ मात्रै सकेको बुझिएको छ ।

    आजको बैठकले सदस्यता टुंग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुंगिए विकल्पमा जाने रणनीति बनाउने छ ।

    सदस्यताको टुंगो लगाइसकेपछि आगामी ५ असारबाट गाउँ नगरका वडाको अधिवेशन सुरु हुनुपर्नेछ । तर, सदस्यता जिल्लाले टुङ्ग्याएर पठाएपछि छानबिन समितिले हेर्ने, रुजु गर्ने र अन्तिम नामावली प्रकाशित गर्नका लागि सकस पर्ने देखिन्छ ।

    यसले गर्दा असारको पहिलो हप्ताबाट अधिवेशन सुरु गर्नै समस्या देखिन्छ । यसलाई मध्येनजर गरी निर्णय लिने महामन्त्री खड्काले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.