सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार ११:४० 
  • काठमाडौं, ३० चैत  ।  पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् ।

    दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये एक हो- खानेतेल । गरिबदेखि धनीसम्म सबैले उपभोग गर्ने खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि भइरहेको छ ।

    २०७६ सालनमा लकडाउन सुरु भएपछि खाने तेलको मूल्य बढ्न थालेको थियो । त्यसको करिब १ वर्षको अवधिमा खाने तेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँसम्मले बढेको छ । एक वर्षमा ७० प्रतिशतभन्दा बढी मूल्यबृद्धि हुँदा पनि जिम्मेवार निकायहरुको ध्यान गएको छैन ।

    तेलको मूल्यबृद्धिका विषयमा अध्ययन गरिरहेका छौं भनेर नियामक निकायले भनेको धेरै भयो । तर, उपभोक्ताकर्मी भने सरकारले नै मूल्यवृद्धिमा सरकारले नै सहयोग गरिरहेको आरोप लगाएका छन् ।

    खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलमा १ वर्षमा प्रतिलिटर १ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको बताए ।

    उनले भने, ‘सनफ्वार तेल, सूर्यमुखी तेल, भटमासको तेल र तोरीको तेललगायत सबै प्रकारका खाने तेलको मूल्यबृद्धि भएको छ । एक लिटरमा ४० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्यबृद्धि भएको छ ।’

    श्रेष्ठका अनुसार १ वर्षअघि प्रतिलिटर १४० रुपैयाँमा आउने सलफ्लावर तेलको मूल्य बढेर प्रतिलिटर २ सय ४० रुपैयाँ पुगेको छ । तोरीको तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँबाट बृद्धि भएर २८० रुपैयाँ पुगेको छ । भटमासको तेल प्रतिलिटर १३० रुपैयाँबाट २२० रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए ।

    पसलमा आउने ग्राहकले खुद्रा व्यापारीले मूल्य बढाएको भनेर आक्रोश पोख्ने गरेको श्रेष्ठले बताए ।

    उनले भने, ‘सबै ग्राहकले उद्योगले नै मूल्यबृद्धि गरेको हो भनेर बुझ्दैनन् । कतिपय ग्राहकले खुद्रा व्यापारीले नै तेलको मूल्यबृद्धि गरेको भनेर गाली गर्ने गरेका छन् । हामीले सकेसम्म उपभोक्तालाई बुझाउने प्रयास गर्ने गरेका छौं ।’

    पहिले १ लिटरको प्रतिप्याकेट १० रुपैयाँसम्म नाफा हुने गरेकोमा अहिले ५ रुपैयाँ पनि नाफा राख्न नसकिएको उनको दावी छ । श्रेष्ठका अनुसार होलसेलले खुद्रा व्यापारीलाई एमआरपीभन्दा ५ रुपैयाँ मात्रै कममा तेल दिने गरेका छन् ।

    केही समयअघि खुद्रा व्यापार संघले तेलको मूल्य उत्पादकले आफुखुसी बृद्धि गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको थियो । विभागले तेल उत्पादकहरुलाई मूल्यबृद्धि हुनुको कारण पेस गर्न निर्देशन दिएको थियो । मूल्यबृद्धि गर्नुको कारण पेस गर्न नसकेका अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई ३/३ लाख जरिवाना गरिएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकाले नै खाने तेल लगायतका खाद्य बस्तुको मूल्यबृद्धिमा सहयोग गरेको बताए । बजार अनुगमन गर्नुपर्ने ठाउँमा बाणिज्य विभाग कानमा तेल हालेर बसेको उनको आरोप छ ।

    बानियाँले भने, ‘तेलको मूल्यबृद्धि भयो भनेर हामीले धेरै पटक बाणिज्य विभागलाई जानकारी गराएका थियौं । तर विभागले नदेखेको जस्तो गरिरहेको छ । उपभोक्ताले १ वर्षमा नै ४० देखि १ सय रुपैयाँसम्म धेरै मूल्य तिरेर तेल उपभोग गर्न बाध्य भएका छन् । बजारमा अभाव देखाएर आफुखुसी मूल्य तोक्दै व्यापारीले उपभोक्ताको भान्सा महंगो बनाइदिएका छन् ।’

    सरकारको नै मिलेमतोमै मूल्यबृद्धि गरिएको उनले दावी गरे । तेल उत्पादकहरुको माथिल्लो तहसम्म नै सेटिङ रहेको उनको आशंका छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले बजारमा भएको मूल्यबृद्धिको विषयमा अध्ययन भइरहेको बताए । बजारमा कुन बस्तुको मूल्य कति बृद्धि भएको छ भनेर अनुगमन कार्य भइरहेको उनको भनाइ छ ।

    उनले भने, ‘विश्व बजारमा तेल उत्पादन हुँदा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढ्यो भन्ने उहाँहरुको भनाइ छ । हामीले त्यसको अध्ययन गरिरहेका छौं । कच्चा पदार्थको मूल्य विश्व बजारमा कति बढेको छ र त्यसले नेपालमा कति प्रतिशत मूल्यबृद्धि गराउँछ भनेर हेरिनेछ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.