सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १२:१७ 
  • चरीकोट, ३० चैत । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् ।

    दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१(७) मा पुगेर यात्रा सम्पन्न गर्नुभएको हो ।

    विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामनासहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताउनुभयो । करीब दुई महिना लाग्ने अनुमान गरे पनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको कार्कीले बताउनभयो ।

    मेचीदेखि महाकलीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेको कार्कीले बताउनुभयो । यात्रा सकेर दोलखा आउनुभएका कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिनमा साइकलयात्रा गर्न लागेको जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.