समाज
मकवानपुर, २३ वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उहाँले सो आग्रह गर्नुभएको हो ।...
सिन्धुली, २३ वैशाख । जिल्ला प्रहरी कार्यालयले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम...
चितवन, २३ वैशाख । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध,...
काठमाडौँ, २३ वैशाख । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा...
डोटी, २३ वैशाख । दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार...
सर्लाही,२३ वैशाख । सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु ३७ लाख ४४...
बलेवा, २३ वैशाख । चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीले नौ नाउर...
काठमाडौँ, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो...
चितवन, २३ वैशाख । चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसिसिको बोर्ड अफ (केन्द्रीय सदस्य) पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् । संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय...
रूपन्देही, २३ वैशाख । कोरोना संक्रमित बढ्दै गएपछि रूपन्देहीका दुई पालिकाका प्रमुख उपप्रमुखले आफ्नो सुविधाका साधन संक्रमित बोक्न उपलब्ध गराएका छन् । तिलोतमाका मेयर उपमेयरले गाडी दिएको केही समयमा रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि आफ्नो गाडी कोरोना संक्रमित बिरामी...













