सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका प्रदिप एनआरएनए एनसिसिको केन्द्रीय सदस्य पदमा उम्मेदवार


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १४:२३ 
  • चितवन, २३ वैशाख । चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसिसिको बोर्ड अफ (केन्द्रीय सदस्य) पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् ।

    संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद् (एनसिसि) हो । आगामी दुई वर्ष कार्यकालका लागि हुने निर्वाचनमा राज्य र केन्द्रीय स्तरका गरी चार सयबढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् । लामो समय प्राध्यापन क्षेत्रमा बिताउनु भएका पौडेल कुशल प्राध्यापक, रणनीतिकार, अन्तर्राष्ट्रिय व्यापार, राजनीति र विकासविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट कानुन र शिक्षामा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पौडेल अमेरिकाको स्टेयर युनिभर्सिसिटी वासिन्टनडिसीबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका अनुभवी र पाका व्यक्तित्वका रुपमा सबैमाझ परिचित हुनुहुन्छ ।

    नेपालमा रहँदा प्राध्यापक संघको तीन पटक केन्द्रीय प्रतिनिधि, पब्लिक कलेज संघ चितवनका सदस्य, प्राध्यापक संघ बालकुमारी कलेजको ईकाई सभापति समेत भईसक्नु भएका पौडेल प्रजातान्त्रिक विचार समाज, शान्ति समाज, नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, क्षयरोग निवारण संस्था लगायतका संघ संस्थासँग पनि आवद्ध हुनुहुन्थ्यो ।

    कलेज प्रशासनिक जिम्मेवारीमा व्यवस्थापन संकायको प्रमुख भएर पाँच वर्षको कार्यकाल पूरा गर्नुभएका पौडेल नेपाली कांग्रेस भरतपुरका निर्वाचित कोषाध्यक्ष समेत भएर काम गरेको लामो अनुभव छ । यस पटक १२ जनाका लागि चार गुणा बढी प्रतिस्पर्धी चुनावी मैदानमा रहँदा समेत पौडेल भने आफ्नो सामाजिक कार्यमा विताएको समय र दिएको योगदानका आधारमा निर्वाचित हुनेमा ढुक्क हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.