सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १५:२७ 
  • डोटी, २३ वैशाख । दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ ।

    रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि हामीले ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेका छौँ, सबै स्वास्थ्यकर्मीको पदपूर्ति भए कोरोना नियन्त्रण गर्न सहज हुनेछ ।” यसैगरी प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा रहेका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य प्रविधि तथा अक्सिजन खरिद प्रक्रिया पनि शुरु गरेको बताइएको छ ।

    प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला तथा जिल्ला अस्पताल डोटीमा आवश्यक पर्ने ४४६ स्वास्थ्यकर्मी भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.