समाज

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती
-न्युजभित्तो

राँझा (बाँके), ३ वैशाख । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी...

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव
-न्युजभित्तो

रसुवा, ३ वैशाख । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ । चाँैरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण...

दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
-न्युजभित्तो

खोटाङ, ३ वैशाख । दिक्तेल बजारमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा आएको छ । स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले कृषि...

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
-न्युजभित्तो

टीकापुर, ३ वैशाख । कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन् । चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन् । टोलको विकासमा टोलकै नागरिक जिम्मेवार...

आरोग्य दिवस मनाइयो
-न्युजभित्तो

महेन्द्रनगर, २ वैशाख । अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ । जीवन विज्ञान प्रतिष्ठानका योग प्रशिक्षकद्वय केदारमान कार्की र विश्वनाथ भट्टराईले योगाभ्यास गराउनुभएको थियो । योगाभ्यासमा दुई सय जना सहभागी थिए...

कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका बारेमा कलम चलाउने महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न आवश्यक भएको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप ९म्याग०ले फेड्रिक इबर्ट स्टिफटुङसँगको सहकार्यमा आयोजित ‘अन्तरराष्ट्रिय सम्बन्ध र सञ्चारमाध्यमका...

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
-न्युजभित्तो

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), २ वैशाख । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको जानकारी दिनुभयो । तीन वर्षदेखि निर्माणाधीन प्रशासन...

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
-न्युजभित्तो

म्याग्दी, २ वैशाख । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । कुल रु ५४ लाख ३६ हजार ४२ को लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
-न्युजभित्तो

भजनी, (कैलाली) २ वैशाख । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । बर्सेनि नदीको कटान र डुवालने स्थानीय विस्थापित हुँदै आएको सो क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक...

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई...