कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
न्युजभित्तो/२ बैशाख २०८३, बुधबार १४:३२
काठमाडौँ, २ वैशाख । अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका बारेमा कलम चलाउने महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न आवश्यक भएको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।
मिडिया एड्भोकेसी ग्रुप ९म्याग०ले फेड्रिक इबर्ट स्टिफटुङसँगको सहकार्यमा आयोजित ‘अन्तरराष्ट्रिय सम्बन्ध र सञ्चारमाध्यमका विमर्शमा लैङ्गिक धारणा’ विषयको छलफलमा उनीहरूले कूटनीतिक विधामा लेख्न महिला पत्रकारलाई अभिप्रेरित गर्नुपर्ने बताएका हुन् ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नीतु पण्डितले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति बारेमा लेख्ने महिला पत्रकारको सङ्ख्या जम्मा छ प्रतिशत रहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले कूटनीतिक मुद्दामा कलम चलाउने सीमित महिला पत्रकार रहेकाले यो क्षेत्रमा अझ धेरै लेख्न महिलालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार शन्त गाहामगरले समावेशीता बिनाको ‘न्यूजरुम’ अपूरो हुने बताउँदै सम्पादकीय धारणा परिवर्तन गर्नु जरुरी भएको सुनाउनुभयो ।
माइ रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले कूटनीतिबारे महिला पत्रकारलाई प्रशिक्षणको व्यवस्थाका साथै स्रोत र साधन उपलब्ध गराउन सम्बद्ध निकाय गम्भीर हुनुपर्छ भन्नुभयो । रासस