समाज
काठमाडौँ,२३ असार । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो...
भीष्मराज ओझा काठमाडौं, २३ असार । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याउनुभएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उहाँहरुले औँयाउनुभएको हो...
पर्वत, २३ असार । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र...
चितवन, २२ असार । पूर्वी चितवनका राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । सुजाता भण्डारी घटनामा तोडफोड र आगजनीका घटना हुन सक्ने भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी...
चितवन, २२ असार । जिल्लाका सात राजनीतिक दल निकट महिला संघ संगठनहरुले सुजिता भण्डारी घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । उनीहरुले आज एक विज्ञप्ति प्रकाशित गरी निष्पक्ष, गहिरो र गम्भीर अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका...
काठमाडौँ, २२ असार । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ...
चितवन,२२ असार । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ । त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए । राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया...
काठमाडौँ, २२ असार । उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन...
पोखरा, २२ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला...
चितवन,२२ असार । एक सातादेखि लगातार परेको पानी सोमबार बिहानदेखि रोकिएको छ। मनसुनी प्रणाली निष्क्रिय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सक्रिय भएर पश्चिमतर्फ बहने...















