सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका महिला संघ संगठनद्वारा सुजिता घटनाको निष्पक्ष छानविनको माग


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १६:४४ 
  • चितवन, २२ असार । जिल्लाका सात राजनीतिक दल निकट महिला संघ संगठनहरुले सुजिता भण्डारी घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । उनीहरुले आज एक विज्ञप्ति प्रकाशित गरी निष्पक्ष, गहिरो र गम्भीर अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका हुन् ।

    जारी विज्ञप्तिमा यस्ता घटना पुनः नदोहोरिनका लागि कडाभन्दा कडा सजायको माग गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ “उक्त घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनस्तरबाट भएको न्यायिक आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ ।” सुजिताले न्याय नपाउँदा सारा महिलामाथिको अपमान हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “सुजितालाई न्याय दिन राज्य नचुकोस् ।”

    विज्ञप्तिमा नेपाल महिला संघका जिल्ला अध्यक्ष पार्वती शाह ठकुरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष अम्बिका मुडवरी, अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनका अध्यक्ष संगीता भट्टराईले हस्ताक्षर गर्नुभएको छ । यसैगरी अखिल नेपाल महिला संघ चितवनका अध्यक्ष सुशिला लामिछाने, समाजवादी महिला संघ चितवनका सचिव माया पोखरेल, अखिल नेपाल महिला संघ (राष्ट्रिय जनमोर्चा) चितवनका अध्यक्ष सीता आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.