सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ : प्रदेश प्रमुख पौडेल


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १५:२९ 
  • पोखरा, २२ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ ।

    पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाउनुभयो ।

    उहाँले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औँल्याउनुभयो । “महिला बिहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्याङ्कन हुनसकेको छैन, श्रमको मूल्याङ्कन नभएसम्म महिलाको सम्मान पनि हुँदैन”, उहाँले भन्नुभयो ।

    उहाँले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चितता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराउनुभएको थियो ।

    संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यबारे प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको थियो । संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झन्झट लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.