सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको राप्ती नगर क्षेत्रका राजमार्गमा कफ्र्यु जारी, झडपमा डिएसपी सहित ८ प्रहरी घाईते


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार १९:४७ 
  • चितवन, २२ असार । पूर्वी चितवनका राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । सुजाता भण्डारी घटनामा तोडफोड र आगजनीका घटना हुन सक्ने भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं. ४ डढुवासम्मको राजमार्गको दाया बायाँ पाँच सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो । आज साँझ ७ः३० बजेदेखि भोलि २३ गते बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ ।

    झडपमा डिएसपी सहित ८ प्रहरी घाईते

    यसैबीच, प्रदर्शनकारी र प्रहरी बीच आज साँझ झडप हुँदा ८ जना प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले न्यूजभित्तोलाई दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका डिएसपी सहित चार जना र नेपाल प्रहरीका चार जना घाईते भएका छन् । घाईतेहरुको उपचारको लागि भरतपुर ल्याईएको छ ।

    असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका वडा नं. ३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । सोमबार उनको शव घटनास्थलबाट ल्याई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । उक्त शव आज नै पोष्टमार्टमका लागि काठमाण्डौं पठाईएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.